'प्रधानमन्त्री ओलीले गल्ती गरेको हो' भनेर सर्वाेच्चले प्रमाणित गरिसक्यो, अब राजीनामा दिनुपर्छ : अध्यक्ष यादव

 फागुन १३, २०७७ बिहिबार १९:५५:१७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले राजीनामा दिएर बाटो खुलाउनुपर्ने बताउनुभएको छ । जसपा इलाम जिल्ला समन्वय समितिले बिहीवार गरेको जनसभालाई सम्बोधन गर्दै नेता यादवले आफ्नो नैतिकता जोगाउन पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताउनुभएको हो । 

‘संविधान नै उल्लङ्घन गरेपछि प्रधानमन्त्रीले सजाय पाउनु पर्छ कि पर्दैन ? जनसभालाई प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘सर्वोच्चले नै गल्ती गरेको भनेर प्रमाणित गरी नै सक्यो । यो फैसला मात्रै हो, मलाई केही असर पर्दैन भनेर देशमा अस्थिरता खडा गरेर बसिरहनु भनेको निरङ्कुशता ल्याउनु हो ।’ प्रधानमन्त्री ओलीमा सत्ताको महत्त्वाकाङ्क्षा देखिन थालेको नेता यादवले आरोप लगाउनुभयो ।’

प्रधानमन्त्री ओली सङ्घीयता र लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको भन्दै नेता यादवले त्यही महत्त्वाकाङ्क्षाको परिणाम प्रतिनिधि सभा विघटन भएको जिकिरसमेत गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया