नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल झर्‍याे

 फागुन १४, २०७७ शुक्रबार १६:४२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल झरेको छ ।

गएको कात्तिक पहिलो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेकोमा अहिले घटेर एक हजारभन्दा तल झरेको हो । अहिले नेपालमा नौ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ५४ जना निको भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार दुई सय ७७ पुगेको छ । 

यस्तै गएको २४ घण्टामा एक सय १२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । तीन हजार नौ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै थप चार जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ७१ पुगेको छ ।  

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया