ठगी मुद्दाका फरार म्यानपावर सञ्चालक पक्राउ

 फागुन १७, २०७७ सोमबार १८:१५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगार ठगी मुद्दामा फरार म्यानपावर सञ्चालक पक्राउ परेका छन् ।

नवलपरासी देवचुली नगरपालिका-१३ घर भइ रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाण्डाै बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे । 

वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ताेकेकाे थियाे । तर त्यसपछि फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पाैडेलले सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाएर पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाइ ठगी गरेकाे  अनुसन्धान ब्यूरोले जनाएको छ ।

पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाण्डाै जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया