रसुवामा खोलाले बगाउँदा एक बालक बेपत्ता, एकको उद्धार

 फागुन १७, २०७७ सोमबार १८:४२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको उत्तरगया गाउँपालिका ५ खाल्डेमा खेल्ने क्रममा खोलाले बगाएका दुई बालकमध्ये एक जनाको उद्धार गरिएको छ । एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सोमवार दिउँसो साढे ३ बजेतिर खोला छेउमा खेलिरहेका साढे दुई वर्षका युुकेस तामाङ र तीन वर्षका आश्विन तामाङलाई त्रिशूली खोलाले बगाएको थियो ।

दुई बालक खोलामा झरेसँगै आश्विन तामाङलाई तत्काल स्थानीयले उद्धार गरेका थिए । अर्का बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया