महिलाको ज्यान गएपछि एक्स्काभेटरमा आगजनी

 फागुन १७, २०७७ सोमबार १९:४७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ - धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा महिलाको ज्यान गएपछि स्थानीयले एक्स्काभेटरमा आगो लगाएका छन् । बाटो खन्ने क्रममा एक्स्काभेटरले लागेर घाइते भएकी महिलाको खाल्टो खनी अपरेटरले पुर्ने प्रयास गरेको आरोपमा एक्स्काभेटर जलाइएको हो । 

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका १ की ४५ वर्षीया सरस्वती कुमाल घाइते भएको र घाइते कुमाललाई अपरेटरले खाल्टो खनेर गाड्न खोज्दा ज्यान गएको स्थानीयको आरोप छ ।

घटनापछि स्थानीयले डोजरमा आगो लगाएको र अपरेटर फरार रहेको प्रहरीले बताएको छ । सल्यानटारमा घटना नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया