ला लिगा : बराबरीमा रोकिएसँगै रियल मड्रिडले दोस्रो स्थानमा जाने मौका गुमायो

 फागुन १८, २०७७ मंगलबार ७:२२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

रियल मड्रिडले रियल सोसिडाडसँग १–१ गाेलको बराबरी खेलेको छ ।

हारतर्फ गएको रियल मड्रिडलाई भिनिसियस जुनियरले ८९ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए ।

बराबरीसँगै रियल मड्रिडले बार्सिलोनाभन्दा अघि रहँदै दोस्रो स्थानमा जाने मौका गुमाएको छ । रियल मड्रिड र बार्सिलोनाको समान ५३ अङ्क भए पनि गोल अन्तरका आधारमा बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा छन् । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया