आज देशभरकाे माैसम सफा रहने

 फागुन १८, २०७७ मंगलबार ७:५८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ । 

अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । 

दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले बताउनुभयो । 

उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भोलि पनि आज जस्तै देशका सबैजसो ठाउँको मौसम सफा रहने र पर्सि बिहीवारदेखि भने सामान्य बादल लागेर पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । 

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस कायम गरिएको महाशाखाले जनाएको छ । मौसम खुल्न थालेसँगै काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । 

हिजो काठमाण्डौको अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।   

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया