राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

 फागुन १८, २०७७ मंगलबार ८:२३:२२ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । 

केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री गरिने भएको हो। 

ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने छ । 

केन्द्रीय बैंकले मङ्गलवार अपराह्न ३ बजे याे ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । 

विवरणअनुसार प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड रुपैयाँ र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ  ५० हजार रुपैयाँले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् । 

अन्तिम अपडेट: फागुन १८, २०७७

तपाईको प्रतिक्रिया