ताप्लेजुङको दोभानमा भीषण आगलागी

 फागुन १८, २०७७ मंगलबार १०:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको दोस्राे ठूलो बजार दोभानमा भीषण आगलागी भएको छ । 

आगलागीबाट अहिलेसम्ममा पाँच घर जलेका छन् । 

आगो निभाउने प्रयास भए पनि तत्काललाई नियन्त्रणमा आउने सम्भावना कम छ । बिहान आठ बजेदेखि आगलागी हुन सुरु भएको हो ।  

मेरिङ गाउँपालिकाको ३ वडामा पर्ने दोभान बजारमा १ सय ५० घर रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया