अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
नवलपरासी - पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको दुम्कौलीमा हिजाेराति दुई वटा ट्रक ठोक्किँदा दुई जनाको ज्यान गएकाे छ । दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्वका ) प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीकाअनुसार दुर्घटनामा दुई वटै ट्रकका चालकको ज्यान गएकाे हाे।
उहाँकाअनुसार दुर्घटनामा परि ना ६ ख ३०११ नम्बरको ट्रकका चालक पोखरा महानगरपालिका-१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नम्बरको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको ज्यान गएकाे हाे ।
दुर्घटनामा परेर ट्रकका सह-चालकहरु समेत घाइते भएका छन् । ट्रकका सह-चालकहरु तनहुँ बन्दीपुर गाउँपालिका-३, बस्न १८ वर्षीय विश्वास शाही र बबही गाउँपालिका-६, दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् ।
घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।