म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क नखुलाए कतारमा माग पत्र प्रमाणीकरण नहुने

 फागुन १८, २०७७ मंगलबार ११:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारका रोजगारदाताले नेपाली श्रमिक लैजान म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगरे माग पत्र प्रमाणीकरण नहुने भएको छ । 

मार्च १ अर्थात् हिजोदेखि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताको माग पत्र प्रमाणीकरण नगर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नेपालबाट श्रमिक पठाए बापत रोजगारदाताले नै म्यानपावरलाई सेवा शुल्क उपलब्ध गराउँछन् । तर नेपालमा भने श्रमिकले नै म्यानपावरलाई मागे जति रकम उपलब्ध गराउनुपर्ने बाध्यता छ ।  यसअघि माग पत्र प्रमाणीकरणका लागि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख गर्नुपर्ने व्यवस्था थिएन ।

तर अब भने यो व्यवस्था लागू भइसकेको भन्दै दूतावासले अनिवार्य रूपमा माग पत्र ल्याउँदा रोजगारदाताले म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क पनि उल्लेख गर्नुपर्ने जनाएको छ । तर यो नियमप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

यस्तै साउदीमा रहेको नेपाली दूतावासमा माग पत्र प्रमाणीकरणको काम स्थगित भएको छ । प्रमाणीकरण भइसकेका मागहरू वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा राख्नका लागि दूतावासले आज मंगलबारदेखि १० मार्च अर्थात् फागुन २६ गतेसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया