अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै - सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागि रहेकाले नेपालमा पनि अझै घट्न सक्ने अनुमान छ ।