विप्लव समूह सरकारसँग वार्ता गर्न समिति गठनकाे तयारीमा

 फागुन १८, २०७७ मंगलबार १३:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकार पक्षबाट वार्ता टोली गठन भएसँगै नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहले पनि सरकारसँग वार्ता गर्न समिति गठनको तयारी गरेको छ ।

खड्कबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गर्ने तयारी भइरहेको विप्लव समूहले जनाएको छ ।

विप्लव समूहसँगकाे वार्ताका लागि सरकारले दुई सदस्यीय वार्ता टाेली गठन गरेकाे छ । समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयाेजक रहनुभएकाे छ भने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई सदस्य रहनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया