ब्राउन सुगरसहित इलाममा चार जना पक्राउ

 फागुन १८, २०७७ मंगलबार १५:१९:१५ | सुजता सुनुवार
unn.prixa.net

इलाम – ब्राउन सुगरसहित इलाममा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामका सूर्योदय नगरपालिका १० का दियोग राई, देउमाई नगरपालिका ४ का प्रवेश तिरुवा, इलाम नगरपालिका ५ का योगेश राई र पाँचथरको फिदिम नगरपालिका १० का अनिल लिम्बु रहेका छन् । 

उनीहरु क्रमशः २३, १८, ३५, २३ वर्ष उमेरका रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । उनीहरुको साथबाट ७५० मिलिग्राम ब्राउन सुगर, स्टिलको प्लेट एक थान, नेपाली पाँच रुपैयाँको नोट तीन थान र लागुऔषध सेवनमा प्रयोग हुने ढुङग्रोसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले सोमवार साँझ ५ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया