इलाम : जिल्ला भलिबल प्रतियोगिता चैत्र ४ गतेबाट

 फागुन २२, २०७७ शनिबार २०:२०:९ | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलाममा आउँदाे चैत्र ४ गतेबाट जिल्ला भलिबल सङ्घ इलामको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा सात टिमले सहभागिता जनाउने जिल्ला भलिबल सङ्घ इलामले जानकारी दिएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, विमान ट्रेडर्स बिर्तामोड र दमक नगर भलिबल क्लबको सहभागिता रहने जिल्ला भलिबल संघका अध्यक्ष डाक प्रसाद गौतमले जानकारी दिनु भयो । 

प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख एक हजार र दोस्रो पुरस्कार एक लाख एक हजार रुपैयाँका साथै ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बाँकी अन्य विभिन्न सात विधामा भने ४५ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया