‘गोरे’ले पोलेपछि आत्मसमर्पण गर्न बाध्य बनायो एसएसपी खत्रीलाई

 जेठ १७, २०७५ बिहिबार १५:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ, जेठ १७ – ३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री आत्मसमर्पण गर्ने उदेश्यले केही दिनअघि मात्र भारतबाट काठमाडौं आएको खुलेको छ । 

स्रोतका अनुसार सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा बयान दिने क्रममा आफूलाई पोलेपछि खत्री आत्मसर्पण गर्ने उदेश्यले भारतबाट काठमाडौं आएका हुन् । बुधबार मोरङ पुगेका उनले बिहीबार जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।

यसअघि सुन प्रकरणका अरु अभियुक्त पक्राउ पर्ने बेला खत्री बिदामा बसेका थिए । पक्राउ परेकाहरु थुनामा परेपछि उनी ढाडको उपचार गर्न भन्दै भारत गएका स्रोतको भनाई छ । 

एसएसपी खत्री बिहीबार जिल्ला अदालत मोरङमा आफै उपस्थित भएका हुन् । अहिले उनको बयान चलिरहेको छ । सुन काण्डका मुख्य अभियुक्त ‘गोरे’ले एसएपी खत्री सुन तस्करीका मुख्य सहयोगी भएको र उनले नै पैसा लिएर आफूहरुले विदेशबाट ल्याउने सुन विमानस्थल बाहिर पठाउन सहयोग गर्ने गरेको बयान दिएका थिए ।

प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इण्टरपोलले खत्रीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया