माेबाइल फाेन व्यापार बन्द गर्दै एलजी

 चैत २३, २०७७ सोमबार १३:२५:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – एलजी कम्पनीले मोबाइल फोन व्यापार युनिट बन्द गर्ने निर्णय गरेको छ । यस निर्णयलाई बोर्ड अफ डायरेक्टर्स (निर्देशकहरूको बोर्ड) ले अनुमति दिएको कम्पनीले एक विज्ञप्तिमा जनाएको छ । 

‘मोबाइल फोन व्यापारबाट बाहिर निस्कने निर्णय अहम् रणनैतिक निर्णय हो, अब कम्पनी विद्युतीय कारहरूको पुर्जा बनाउने, कनेक्टेड डिभाइस बनाउने, रोबोटिक्स, स्मार्ट होम सोल्युशन्स र आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो ध्यान बढाउनेछ’, विज्ञप्तिमा भनिएको छ । 

यद्यपि कम्पनीले आफ्ना वर्तमान ग्राहकलाई सेवा दिइरहने र समय–समयमा ग्राहकका लागि जरुरी सफ्टवेयर अद्यावधिक पनि जारी गरिरहने स्पष्ट पारेको छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार यस युनिटका लागि क्रेता नभेटिएपछि कम्पनीले यसलाई बन्द गर्ने निर्णय गरेको हो । यो पहिला दक्षिण कोरियाली कम्पनी हो जसले घाटामा चलिरहेको मोबाइल फोन युनिट बन्द गर्न लागेको हो । 

यसपछि पनि मोबाइल फोन व्यवसायबाट मिलेको आफ्नो अनुभवको प्रयोग गरेर '६ जी' जस्ता मोबाइलसँग जोडिएको प्रविधिमा काम जारी राख्ने कम्पनीले जनाएको छ । 

यही वर्षको जुलाई ३१ सम्म यस व्यापारलाई पूर्णरुपमा बन्द गर्न सकिने कम्पनीले विश्वास व्यक्त गरेको छ । यसपछि पनि केही समयका लागि कम्पनीको फोन बजारमा उपलब्ध हुने जनाइएको छ ।     

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • prince kushwaha

    April 5, 2021, 2:38 p.m.

    good desigen

  •  0 Reply

तपाईको प्रतिक्रिया