नेपालमा पत्ता लागेभन्दा धेरैमा कोरोना सङ्क्रमण भइसकेकाे हुन सक्ने

 चैत २८, २०७७ शनिबार १२:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण भइसकेकाे हुन सक्ने डाक्टरले बताएका छन् ।

नेपालमा पछिल्लो समय पत्ता लागेका सङ्क्रमितमध्ये सिकिस्त सङ्क्रमितको सङ्ख्या धेरै भएको र  यसको अर्थ समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्ति सङ्क्रमित भइरहेका भन्ने बुझ्न सकिने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो ।

यी सङ्केतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो लहर देखिइसकेको पुष्टि हुने उहाँको भनाइ छ । नेपालमा गएको १० दिनयता सिकिस्त सङ्क्रमितको सङ्ख्या पनि  दिनहुँ बढ्दै गइरहेको छ । सिकिस्त सङ्क्रमितमध्ये पनि यो महिना ५० वर्षमुनिका बिरामी ५० प्रतिशतकै हाराहारीमा रहेका बास्तोलाले बताउनुभयो । जुन अघिल्लो ३ महिनाको तुलनामा सङ्ख्यात्मक हिसाबले दोब्बर जत्तिक्कै हो ।

टेकु अस्पतालको आइसीयूमा भर्ना हुने बिरामीको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेका छन् । अहिलेकै जस्तै गरी सिकिस्त बिरामीको चाप बढ्ने हो भने २/३ हप्ताभित्र मृत्युदर बढ्ने सक्ने उहाँले बताउनुभयो ।

कोरोना भाइरसको पहिलो लहरमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो  वेभमा  युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएको छ ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया