प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रुपन्देही – रुपन्देहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्युठानका दुई युवाको ज्यान गएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतवार बिहान सालझण्डीमा ठक्कर दिँदा प्युठानको झिमरुक गाउँपालिका १ सौतामारेका २१ वर्षका सञ्जय खनाल र वडा नम्बर १ आहालेका फिरोज केसीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुवै जना बुटबलमा उच्च शिक्षा पढ्दै थिए । उनीहरू गए राति साथीको कोठामा पढ्न भनेर सालझण्डी गएका थिए । आइतवार बिहान बुटबल फर्कने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
तस्बिर : विमलप्रसाद पाेखरेल