बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयाे

 चैत २९, २०७७ आइतबार १८:३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । घर नजिकै बाख्रा चराउन गएकी गेरुवा गाउँपालिका वडा नम्बर १ भटेरागाउँकी ६० वर्षीया भुन्टी बोहराको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बोहरालाई दुई वटा हात्तीले लखेट्दै केही पर पुर्‍याएर मारेका प्रहरीको भनाइ छ । बर्दियामा पछिल्लो समय बाघ र हात्तीको आक्रमणबाट मानवीय क्षति हुने क्रम बढ्दै गएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया