आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

 चैत ३०, २०७७ सोमबार ६:३५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ।

चेन्नईमा गएराति भएको खेलमा काेलकाताले हैदराबादलाई १० रनले हराएको हो । काेलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो ।

हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको काेलकाताले नितिश राणाको ८० र राहुल त्रिपाठीको ५३ रनकाे मद्दतमा ६ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो ।

आईपीएलमा आज राति राजस्थान रोयल्स र किङ्ग्स-११ पञ्जाब खेल्दैछन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया