राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

 चैत ३०, २०७७ सोमबार ८:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । त्यसमा  आठ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ ।

यो बिल आउँदाे असार २९ गते परिपक्व हुनेछ । यस्तै  दुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । यो बिल भने आउँदो असोज २६ गते परिपक्व हुनेछ ।

बैंकले यसअघि यही चैत २३ गते समेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया