मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ

 चैत ३०, २०७७ सोमबार १८:१४:२४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रक्सी खाएर कार्यालयमा आएको र सेवा प्रवाहमा लापर्बाही गरेको भन्दै मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई पक्राउ गरेको हो ।  

सेवा प्रवाहमा आएको गुनासोपछि कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा खड्कालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । प्रकाउ परेका खड्कामाथि प्रचलित स्थानीय प्रशासन ऐनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेले जनाउनुभयो । 

खड्काले रक्सी खाएर कार्यालय आएको र सेवाग्राहीको कामकाजमा लापर्बाही गरेको गुनासो आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया