'सी' डिभिजन लिगकाे च्याम्पियन बनेकाे चर्च ब्वाइज 'बी' डिभिजनमा बढुवा

 चैत ३०, २०७७ सोमबार १९:५१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चर्च ब्वाइज युनाइटेड सहिद स्मारक सी डिभिजन लिगको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा झापा फुटबल क्लबलाई दुई–एकले हराउँदै चर्च ब्वाइज उपाधिसँगै बी डिभिजनमा बढुवा भएको हो । च्याम्पियन चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गर्‍याे । 

त्यस्तै दोस्रो भएको वीरगञ्जले सात लाख र तेस्रो भएको सामाजिक युवा क्लबले चार लाख रुपैयाँ प्राप्त गरेका छन् ।

सामाजिक युवा क्लब र वीरगञ्ज युनाइटेड क्लब पनि सहिद स्मारक बी डिभिजन लिगमा बढुवा भएका छन् । सी डिभिजनको सुपर सिक्स अन्तर्गत  अन्तिम खेलमा वीरगञ्जले खालीबारी युथ क्लबलाई तीन–एकले र सामाजिक युवा क्लबले वीरगञ्ज युथ एकेडेमीलाई एक–शून्यले हराएपछि बी डिभिजनमा बढुवा भएका हुन् ।

सानो गौचरण युवा क्लब भने सी डिभिजनबाट पनि घटुवा भएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया