अर्घाखाँची : पहिरो प्रभावित परिवारलाई बाख्रा वितरण

 चैत ३०, २०७७ सोमबार २०:२५:६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ भुजुंगेका पहिरो प्रभावित ३९ दलित घरपरिवारलाई बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित बस्ती रहेको गाउँमा आय आर्जनमा वृद्धि होस् भनेर ३९ घरपरिवारमा प्रति घर तीन वटाका दरले बाख्रा वितरण गरिएको सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालले बताउनु भयो । 

साेमवार एक कार्यक्रमकाबीच पहिरोको उच्च जोखिम रहेको दलित बस्ती भुजुंगेमा रहेका घरपरिवारलाई प्रदेश सांसद रामजीप्रसाद घिमिरे र सन्धिखर्क नगरपालिकाका मेयर भुसालले बाख्रा वितरण गर्नुभएको हो । 

कार्यक्रममा प्रदेश सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गरिबी निवारण र स्वरोजगार सिर्जना गर्नु अहिलेको मुख्य काम भएकाले यसतर्फ लागिपरेको उहाँकाे भनाइ छ । 

सन्धिखर्क नगरपालिकाका मेयर भुसालले आफूहरूले दिएका बाख्राकाे राम्रोसँग पालनपोषण गरेर आम्दानी लिन सबैलाई आग्रह गर्नुभयो । कृषि र पशुपालनको विकास विना देशको समृद्धि नहुने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया