स्वर्गद्वारी नजिकै जीप दुर्घटना, तीन जनाको ज्यान गयाे

 बैशाख १, २०७८ बुधबार १३:४५:४३ | एलबी थापा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

प्युठान – मङ्गलवार नयाँ वर्षको दिन भ्रमणका लागि स्वर्गद्वारी आएको लु १ ज १६५५ नम्बरको जीप प्युठान स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा दुर्घटना भएकाे छ । दुर्घटनामा गुल्मी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित तीन जनाको ज्यान गएकाे छ ।  

जीपका चालकसहित दुईजनाको घटनास्थल र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारका क्रममा ज्यान गएकाे प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनुभयो । घटनामा अन्य ११ जना घाइते छन् ।

घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डाै पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिनुभएको छ ।

जीप स्वर्गद्वारी जाँदै गर्दा मङ्गलवार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको भुषालले बताउनुभयो । घटनामा केही गम्भिर घाइते छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया