२४ घण्टामा ६०३ जनामा काेराेना सङ्क्रमण

 बैशाख १, २०७८ बुधबार १६:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

४२ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधवार काेराेना पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकाका मात्रै दुई सय ५४ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २९ जना निको भएका छन् । अहिले नेपालमा चार हजार ५६ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ८० जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लाे २४ घण्टामा तीन जनाकाे ज्यान गएसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार ६१ पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया