अफगानिस्तानमा रहेका अमेरिकी सेना मे १ तारिखदेखि फर्किने

 बैशाख २, २०७८ बिहिबार १०:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका आफ्ना सेना मे १ देखि फिर्ता बोलाउने घोषणा गर्नुभएको छ ।

राष्ट्रपति बाइडेनको घोषणा अनुसार मे १ देखि फिर्ता हुन थाल्ने र आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्नेछन् ।

सन् २००१ मा अमेरिकामा रहेकाे विश्व व्यापार संगठनको भवनमा भएको हमलाको २० औं वार्षिकीसँगै आतङ्कवादविरुद्ध लड्न अफगानिस्तान पठाएका आफ्ना सेना फिर्ता बोलाउन थाल्ने राष्ट्रपति बाइडेनले घोषणा गर्नुभएको हो ।  

२० वर्षदेखि जारी युद्धमा २५ सयभन्दा धेरै अमेरिकी  सैनिकहरूले ज्यान गुमाएका छन् । विश्वभर आतङ्कवादविरुद्ध लड्ने भन्दै अमेरिकाले अफगानिस्तानमा आफ्ना सेना पठाएको थियो । अफगानिस्तानमा अहिले २५ सय अमेरिकी सेना रहेका छन् ।

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अफगानिस्तानमा शान्ति वार्ता गरेर आफ्ना सेना फिर्ता बोलाउने प्रयास थाल्नुभएको थियो । तर आन्दोलनरत र सरकारी पक्षको अविश्वासका कारण अफगानिस्तानको शान्ति वार्ता अघि बढ्न सकेको थिएन ।

गएको वर्ष तालिवानले हिंसा रोकेको १४ महिनाभित्र अमेरिकाले आफ्ना सबै सेनाहरू फिर्ता बोलाउने सम्झौता भएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया