सुनकाे भाउ ताेलामा तीन सय रुपैयाँ बढ्याे

 बैशाख २, २०७८ बिहिबार १२:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनचाँदीको भाउ आज बढेको छ ।  

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ । विवाहको लगन बढेसँगै बजारमा सुनको माग बढ्न थालेको छ । सङ्घका अनुसार अहिले दैनिक ४० देखि ४५ किलो सुनको माग आउने गरेको छ ।

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया