पाकिस्तानमा फ्रान्स विरोधी गतिविधि बढ्दै, आफ्ना नागरिकलाई पाकिस्तान छाड्न फ्रान्सको आग्रह

 बैशाख २, २०७८ बिहिबार २०:२६:२१ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा फ्रान्सविरुद्ध प्रदर्शन

काठमाण्डाै – फ्रान्सले आफ्ना नागरिकलाई अस्थायी रूपमा पाकिस्तान छाड्न आग्रह गरेको छ । पाकिस्तानमा फ्रान्स विरोधी प्रदर्शन बढ्दै गएपछि इस्लामावादमा रहेको दूतावासले आफ्ना नागरिक र कम्पनीलाई पाकिस्तान छाड्न आग्रह गरेको बीबीसीले जनाएको छ । 

पाकिस्तानमा फ्रान्सको हितमा गम्भीर खतराका कारण फ्रान्सेली नागरिक र कम्पनीहरुलाई अस्थायी रूपमा पाकिस्तान छाड्न सल्लाह दिइएको सञ्चार संस्था फ्रान्स २४ ले जनाएको छ ।

एक दिनअघि पाकिस्तानको गृह मन्त्रालयले तहरीक–ए–लब्बैक पाकिस्तानविरुद्ध कानुनी कारबाही गर्ने बताएपछि फ्रान्सले यो कदम अपनाएको फ्रान्स २४ ले जनाएको छ । 

तहरीक–ए–लब्बैक पाकिस्तानको कट्टरपन्थी इस्लामी समूह हो, जसलाई पाकिस्तानमा भएको फ्रान्स विरोधी प्रदर्शनको जिम्मेवार मानिएको छ । एक फ्रान्सेली म्यागेजिनले पैगम्बर मोहम्मदको कार्टुन फेरि प्रकाशित गरेपछि विरोध जनाइएको थियो । पैगम्बर मोहम्मदको चित्रण गर्नु इस्लाम धर्ममा वर्जित जस्तै मानिएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया