बस र टिपर ठोक्किँदा बाँकेको कोहलपुरमा ५ जनाको ज्यान गयो

 बैशाख ३, २०७८ शुक्रबार २२:४८:५७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र टिपर ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा ३० भन्दा बढी घाइते भएका छन्  ।

सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट कोहलपुरका लागि छुटेको टिपर शुक्रवार बेलुकी  ठोक्किएर दुर्घटना भएको हो ।

ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीका अनुसार एक जनाको घटनास्थलमा र अन्यको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा टिपर चालक कोहलपुर ३ का खगेन्द्र सुनार, सहचालक कोहलपुर ११ का उदय बाठा, नेपाली सेनाका जमदार सुर्खेतको साटाखानिका जीवन विक, झापा मेचीनगर १० का छत्रबहादुर कटुवाल र सनाखत हुन नसकेकी एक महिलाको ज्यान गएको हो ।

बसमा ३९ जना यात्रु रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख भण्डारीले बताउनुभयो । घाइतेहरूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया