आईपीएल क्रिकेटमा चेन्नईले पञ्जाबलाई ६ विकेटले हरायो

 बैशाख ४, २०७८ शनिबार ६:५९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले पहिलो जित दर्ता गरेको छ ।

चेन्नईले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको हो । मुम्बईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

१ सय ७ रनको लक्ष्य पाएको चेन्नई सुपर किङ्ग्सले ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । चेन्नई सुपर किङ्ग्सका लागि मोइन अलिले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै फाप डु प्लेसिसले ३६ रन जोडे । चेन्नई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो ।

यस्तै पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको थियो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया