प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी

 बैशाख ४, २०७८ शनिबार ८:४०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् ।

राति भएको खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

टोटेनहमका ह्यारी केन र एभर्टनका गिल्फी सिगुर्डसनले दुई/दुई गोल गरे । टोटेनहमका केनले २७ औं र ६८ औ मिनेटमा तथा सिगुर्डसनले ३१ औं र ६२ औं मिनेटमा गोल गरेका हुन् ।

बराबरीसँगै टोटेनहम ३२ खेलमा ५० अङ्क जोडेर सातौं स्थानमा रहेको छ । एभर्टनले ३१ खेलमा ४९ अङ्क जोडेको छ । एभर्टन आठौं स्थानमा रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया