साहित्यकार श्यामदास वैष्णवको निधन

 बैशाख ४, २०७८ शनिबार ११:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साहित्यकार श्यामदास वैष्णवको ९७ वर्षको उमेरमा निधन भएको छ ।

नेपाली भाषा साहित्यका साधक वैष्णवको आफ्नै घर काठमाण्डौको ज्ञानेश्वरमा हिजो बेलुका निधन भएको हो ।

उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विसं १९८१ साउन ५ गते जन्मेका वैष्णव पछिल्लो समय मनोरोगबाट पीडित हुनुहुन्थ्यो ।

वैष्णवका कविता सङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् । वैष्णवले गोरखा दक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाउनुभएको थियो ।

वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी हुनुहुन्छ ।       

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया