भारतमा एकैदिन दुई लाख ३४ हजारभन्दा बढीमा काेराना सङ्क्रमण

 बैशाख ४, २०७८ शनिबार १३:५:८ | रासस
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना भाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले बताएका छन् । 

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सयभन्दा बढीको ज्यान गएकाे छ ।  भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा एकै दिनमा एक हजार ३४१ जनाको ज्यान गएकाे उल्लेख छ। 

योसँगै देशभरि अहिलेसम्म कोरोनाका कारण कुल मृतकको सङ्ख्या एक लाख ७५ हजार ६४९ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६९२ जना सङ्क्रमित भएसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको अधिकारीहरुले जनाएका छन् । 

भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित रहेकाहरुको सङ्ख्या १६ लाख ७९ हजार ७४० पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ३५४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि मुक्त भइसकेकाहरुको कुल सङ्ख्या एक करोड २६ लाख ७१ हजार २२० पुगेको छ । भारतीय मेडिकल रिसर्च काउन्सिलले गएकाे शुक्रवार मात्रै देशभरि १४ लाख ९४ हजार ३९७ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया