प्रधानमन्त्रीद्वारा सबै दलसँग काेराेना रोकथाम र नियन्त्रण गर्न आग्रह

 बैशाख ४, २०७८ शनिबार १३:२८:२० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उहाँले सबैको सहकार्यबाट मात्र काेराेना रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग काेराेनाको समस्या समाधान गर्न सुझाव माग्नुभएको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो ।

नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोराेना रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेश गरेको जानकारी दिनुुभयो । उहाँका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसदमा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताउनुभयो ।

“बैठकमा संसद्ले जे गर्नु पर्ने थियो त्यो नगरेको गुनासो प्रधानमन्त्रीले व्यक्त गर्नुभयो”, उहाँले भन्नुभयो । 

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहुन्छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का कोही पनि नेता सहभागी भएका छैनन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया