देशकाे राजनीति गलत दिशातर्फ गइरहेकाे छ : उपप्रधानमन्त्री पोखरेल

 बैशाख ४, २०७८ शनिबार १३:४८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधानमन्त्री ईश्वर पोखरेलले देशको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आह्वान गर्नुभएको छ ।

शनिबार काठमाण्डौमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताउनुभएको हो । जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए देश र जनताका लागि ठूलो दुर्भाग्य हुने बताउनुभएको हो । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उहाँले सरकार ढाल्ने ,जनतामा निराशा फैलाउने र अस्तव्यस्त सिर्जना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिनुभयो ।

“राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । तर बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले र्दुभाग्य निम्त्याउँछ” उहाँले भन्नुभयाे, “राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ । सही कुराको पक्षमा र गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ ।”

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • Sagar Khadge

    April 20, 2021, 8:37 a.m.

    याद राख्नुहोला तपाइँ , यो देशको राजनीतिको दिशा निर्देशकको पदका दोश्रो नम्वरमा हुनुहुन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया