कर्णालीमा जस्तै गण्डकी र लुम्बिनीमा पनि देखाइदिन्छाैं : प्रचण्ड

 बैशाख ४, २०७८ शनिबार १७:४३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  लुम्बिनी र गण्डकी प्रदेशमा पनि आफू अगाडि बढीसकेकाे दाबी गर्नुभएकाे छ ।

आज पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा बाेल्दै उहाँले राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफूहरु लागिरहेको भन्दै छिटै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिने दाबी गर्नुभएकाे हाे ।

“केपी गुटका प्रत्यक्षरुपमा संलग्न केही नेताहरु बाहेक आमरुपमा खुसीयाली थियो । तर केपी र केपी नजिकका केही उग्र गुटवादीहरुलाई सैह्य भएन र त्यही विन्दुबाट पार्टीभित्र चरम गुटबन्दी र हाम्रा विरुद्ध भ्रामक प्रचारवाजी र षडयन्त्र सुरु भयो । त्यसपछि प्रतिक्रियावादी , प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएका माछेहरुले यो पार्टीलाई विभाजित गरिछाड्ने षडयन्त्र गरेको र त्यही षडयन्त्रको क्लाईमेक्सको रुपमा अहिलेको राजनीति छ ।” उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र बहुमतले सरकार परिर्वतनका निम्ति अर्को मुख्य मन्त्रीको नामसहित समावेदन प्रस्तुत गरेको छ र समर्थन फिर्ता पनि हामीले लिइसकेका छौँ । लुम्बिनीमा पनि सरकार परिर्वतनका निम्ति करिब करिब बहुमतको हस्ताक्षर संकलन भइसकेको छ ।”

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि सबैतिर खुसीयाली भए पनि प्रतिक्रियावादी र उग्र गुटवादीहरुलाई सैह्य नभएको प्रसंग उल्लेख गर्दै उहाँले तीनै शक्तिको षडयन्त्रको क्लाइमेक्सको रुपमा देशको राजनीति पुगेको टिप्पणी पनि गर्नुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया