यसरी गरियाे बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार

 बैशाख ५, २०७८ आइतबार ११:४९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार  भएको छ ।

उहाँको विन्ड्सर कासलमा रहेको सेन्ट जोर्ज च्यापलमा अन्तिम संस्कार गरिएको हो ।  

कोरोना भाइरसको महामारीका कारण राजकुमार फिलिप (ड्यूक अफ एडिन्बरा) को अन्तिम संस्कारमा सीमित व्यक्तिहरु मात्रै सहभागी भएका थिए । बेलायत सरकारले लागू गरेको नियमअनुसार फिलिपको अन्तिम संस्कारमा शाही  परिवारका सदस्य तथा नातेदार गरी ३० जना मात्र सहभागी भएका थिए ।

यस्तै, समारोहमा सुरक्षाबलका ७३० भन्दा बढी सदस्य सहभागी भए । अन्तिम संस्कारको मुख्य विधि गरिँदा महारानी एलिजाबेथ सेन्ट जोर्ज च्यापलमा बनाइएको क्वायरको अग्रस्थानमा एक्लै बस्नु भएको थियो ।

सहभागीहरुले मास्क लगाएका थिए भने भौतिक दूरी कायम गरेका थिए ।

समारोहमा डीन अफ विन्ड्सरले राजकुमार फिलिपको दयाभाव, निष्ठा र मानवताको भावनाप्रति सम्मान प्रकट गरेका थिए ।

अन्तिम संस्कारको क्रममा राष्ट्रव्यापी रुपमा एक मिनेटको मौनधारण गरिएको थियो । राजकुमार फिलिपको अप्रिल ९ तारिखमा ९९ वर्षको उमेरमा निधन भएको थियो ।

फिलिपको जन्म सन् १९२१ जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया