कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

 बैशाख ५, २०७८ आइतबार १२:१६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।  

कांग्रेसले गएको चैत ३० गते केन्द्रीय समिति बैठक राखेको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएपछि  बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया