हावाहुरीले त्रिशुली नदीमा निर्माण भइरहेकाे पक्की पुल भत्कायाे

 बैशाख ५, २०७८ आइतबार १३:३५:४५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - शनिवार साँझको हावाहुरीले त्रिशुली नदीमाथिको निर्माणाधिन पक्की पुल भत्काएकाे छ ।

धादिङको गल्छी गाउँपालिका-२ केउरिनीटारबाट-४ मास्टारमा बन्दै गरेको पक्की पुल भत्किएको हो ।

पृथ्वी राजमार्ग जोड्ने पुलको ढलानका लागि ठिक पारिएको ट्रस हावाले उडाएपछि निर्माण कार्य तत्कालका लागि रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो । अबको एक महिनाभित्र गाडी सञ्चालन गर्ने गरी तीन वर्ष अघिदेखि पुल बनाउन सुरु गरिएको थियो । 

अन्तिम अपडेट: चैत १०, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया