भाउजूकाे हत्या गरेर प्रहरी कार्यालयमा उपस्थित

 बैशाख ५, २०७८ आइतबार १३:५२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भाउजूको हत्या गरेको आरोपमा काठमाण्डौबाट एक जना पक्राउ परेका छन् । काठमाण्डौ महानगरपालिका १० अनामनगरमा भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा देवर मोहन राजभण्डारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

देवर मोहनले बुलबुले मार्गको गल्लीमा भाउजु रोशनीलाई फलामको रडले टाउकोमा हानेर गम्भीर घाइते बनाएको र उनको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

भाउजूको हत्या गरेको स्वीकार गर्दै मोहन राजभण्डारी आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएको प्रहरीले जानकारी दिएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया