चौरजहारी अस्पतालका एक डाक्टर पक्राउ

 बैशाख ५, २०७८ आइतबार १६:५०:५३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – चौरजहारी अस्पतालमा कार्यरत एक जना डाक्टर पक्राउ परेका छन् । अस्पतालका डा. दीपेन्द्र गौतमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो ।

शैक्षिक योग्यताकाे प्रमाणपत्र सम्बन्धी मुद्दामा गाैतमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिखत सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाण्डौको पक्राउ आदेशपछि उनलाई पक्राउ गरिएको हो ।

मनाङको कामे गाउँपालिका ५ का डा.  गौतममाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग उनीमाथि छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया