कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिए

 बैशाख ५, २०७८ आइतबार १८:५९:५५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – 'फ्लोर क्रस' गरेर सरकारलाई साथ दिएर मन्त्री बनेका कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएपछि शनिवार मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो । 

आइतवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे । भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले शपथ ग्रहण गर्नुभएको हो । 

एमालेका चार जना प्रदेश सभा सदस्यले फ्लाेर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । मुख्यमन्त्री शाहीले चार जनामध्ये तीन जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया