काठमाण्डाै महानगरका पूर्व मेयर एवम् पूर्वमन्त्री प्रयागराज सिंह सुवालको निधन

 बैशाख ६, २०७८ सोमबार ७:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाका पूर्व मेयर एवम् पूर्वमन्त्री प्रयागराज सिंह सुवालको ९३ वर्षको उमेरमा निधन भएको छ।

सुवालको हिजो आइतवार बेलुकी ७ः५५ मा आफ्नै निवास काठमाण्डाै ओमबहालमा निधन भएको हो। उहाँ लामो समयदेखि उच्च रक्तचाप र मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।

अहिले बिहान १० बजेसम्म उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि ओमबहालमा राखिने स्थानीय ओलम्पस क्लबका अध्यक्ष एवम् वडा २३ को पूर्व अध्यक्ष पवित्र बज्राचार्यले बताउनु भयो। त्यसपछि उहाँको आजै अन्तिम संस्कार गरिनेछ।

२०१० सालमा भएको काठमाण्डौ नगरपालिकाको पहिलो निर्वाचनमा सुवाल नगर उपसभापति (उपमेयर) मा निर्वाचित हुनु भएको थियो भने काठमाण्डौ नगरपालिकाको दोस्रो निर्वाचनमा सुवाल मेयरमा निर्वाचित हुनु भएको थियो ।  सुवाल २०३० सालमा नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रीत्व कालमा यातायातमन्त्री बन्नुभएको थियो ।

राणा शासकले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मारेपछि राणाविरोधी आन्दोलनमा लाग्नुभएका सुवालले लामो समय जेलजीवन समेत बिताउनुपरेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया