ला लिगा : एट्लेटिको मड्रिडले इबरलाई पाँच गोल अन्तरले हरायाे

 बैशाख ६, २०७८ सोमबार ७:५७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले सानदार जित दर्ता  गरेको  छ ।

गएराति भएको खेलमा एट्लेटिको मड्रिडले इबरलाई ५-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै एट्लेटिकोले ३१ खेलमा ७० अङ्क जोडेको छ ।

इबर २३ अङ्क जोडेर पुछारमा रहेको छ । यस्तै, गएराति नै भएको खेलमा भिल्लारियलले लेभान्टेलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, अरु खेलमा अल्भासले हुएस्कालाई १-० गोल अन्तरले  पराजित गरेको छ भने रियल बेटिस र भ्यालेन्सियाले २-२ गोलको बराबरी खेलेका छन् ।

काडिज र सेल्टा भिगो तथा गेटाफे र रियल मड्रिडले भने गोलरहित बराबरी खेलेका छन् । लिगमा ३१ खेल खेलेको रियल मड्रिड ६७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया