प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य

 बैशाख ६, २०७८ सोमबार ११:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।

बिहान बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । भोलिका लागि बैठक बोलाइएकै अवस्थामा सरकारले बैठक स्थगितको सिफारिस गर्ने निर्णय गरेको हो।

जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

सरकारको हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा चिनिन्छ ।

तर सरकार र संसदको टकरावका कारण एउटा पनि विधेयक पेस नभइ अधिवेशन अन्त्य गरिएको छ।   

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया