ओस्कार २०२१ : उत्कृष्ट फिल्म 'नाेम्याडल्यान्ड', उत्कृष्ट निर्देशक क्लाेई चाओ

 बैशाख १३, २०७८ सोमबार १५:३०:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी/एएफपी

काठमाण्डाै – यस वर्षको ओस्कार फिल्म पुरस्कारमा फिल्म नोम्याडल्यान्डले तीन ठूला पुरस्कार जितेको छ । यसले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएको छ ।  

नोम्याडल्यान्डका लागि महिला फिल्म निर्देशक क्लोई चाओले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार पाएकी छिन् । ओस्कार पुरस्कारको ९३ वर्षको इतिहासमा यो पुरस्कार जित्ने क्लोइ दोस्रो महिला हुन् ।  

नोम्याडल्यान्डका लागि अभिनेत्री फ्रान्सिस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन् । 

चर्चित अभिनेता एन्थनी हप्किन्सले उत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गरे । उनी यो पुरस्कार प्राप्त गर्ने अहिलेसम्मकै सबैभन्दा जेठा अभिनेता हुन् । ८३ वर्षीय अभिनेता हप्किन्सले फिल्म ‘द फादर’ का लागि यो पुरस्कार प्राप्त गरेका हुन् । 

सर्वश्रेष्ठ निर्देशकको पुरस्कार स्वीकार गर्दै क्लोई चाओले भनिन्, ‘मैले विश्वमा ज–जसलाई भेटेँ, उनीहरुमा राम्रो नै पाएँ । जति नै मुस्किल अवस्थामा पनि राम्रो बनिरहन अठोट गर्नेहरुका लागि यो पुरस्कार हो । मलाई प्रेरणा दिने सबैलाई यो पुरस्कार दिन चाहन्छु ।’

कोरोना महामारीका बीच विश्वको सबैभन्दा प्रतिष्ठित फिल्म समारोह ओस्कर्सको आयोजना अमेरिकाको लस एन्जेलिसमा दुई ठाउँमा– डब्ली थिएटर र युनियन स्टेशनमा आयोजना गरिएको हो । सन् २००१ देखि ओस्कार पुरस्कारको आयोजना डल्बी थिएटरमा हुँदै आएको थियो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया