गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानकाे निधन

 बैशाख २३, २०७८ बिहिबार १४:४३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानकाे निधन भएकाे छ । उहाँकाे काठमाण्डाैकाे सुन्धारामा रहेकाे न्युराे अस्पतालमा उपचारका क्रममा बिहीवार दिउँसाे निधन भएकाे हाे ।

बिहीवार बिहान प्रधानको छातीमा सामान्य सङ्क्रमण (इन्फेक्शन) देखिएपछि उहाँलाई न्युरो अस्पतालमा भर्ना गरिएकाे थियाे । दिउँसाे १:४५ बजे प्रधानलाई हृदयाघात भएकाे साहित्यकार तथा सर्जक प्रकाश सायमीले बताउनुभएकाे छ ।

सङ्गीतकार लक्ष्मण शेषले गायक प्रधानको अन्तिम श्रद्धाञ्जलीका लागि स्वास्थ्यका मापदण्ड अपनाएर अस्पतालमा उपस्थित भइदिन आग्रह गर्नुभएको छ । 

आफ्नो समयका निकै चर्चित र स्टाइलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ । उहाँका 'घुम्तीमा नआऊ है', 'तिमीलाई अचेल कहाँ देखुँ', 'गाेरेटाे याे गाउँकाे', 'पर लैजाऊ फूलहरू' लगायत गीत लाेकप्रिय छन् । 

विसं १९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चाेककाे चौतारामा प्रधानकाे जन्म भएकाे थियाे ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया