कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै – अमेरिकी सरकारले प्रदान गर्ने डीभी चिट्ठाकाे नतिजा सार्वजनिक भएको छ ।
सन् २०२२ को लागि आवदेन दिएकाहरुकाे नतिजा गएराति सार्वजनिक भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । नतिजा थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति राख्नुपर्नेछ ।
छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी साइटमा नै उपलब्ध छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनौट भएको भन्ने बेहोराको इमेल नपठाउने भएकाले कसैले त्यस्तो इमेल पठाएमा विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ ।
Amish Gurung
May 9, 2021, 12:51 p.m.may be i should be lucky enough to get this dv.